|

काठमाडौं : वर्षौंदेखि जीर्ण अवस्थामा रहेको नेपालकै पहिलो उच्च शिक्षाको केन्द्र त्रिचन्द्र कलेजको पुनर्निर्माणको काम सुरु भएको छ।

क्याम्पसका तीनवटा जीर्ण भवनमध्ये दुई भवन प्रबलीकरण (रेक्ट्रोफिटिङ) गरी पुरानै स्वरूपमा कलेज रहनेछन् भने एउटा भवनको नयाँ संरचना बन्नेछ। पहिले नै जीर्ण ऐतिहासिक कलेज २०७२ सालको भूकम्पपश्चात् झनै जीर्ण भएको भियो।

शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार अर्थ मन्त्रालयले उक्त क्याम्पसलगायत अन्य ३७ वटा कलेजको पुनर्निर्माणको डिजाइनका लागि साढे ६ करोड बजेट विनियोजन गरेको थियो। सोहीअनुसार डिजाइन बनेर काम थालिएको हो।

समयमा कलेजको पुनर्निर्माण नहुँदा १२ हजारभन्दा बढी अध्ययनरत विद्यार्थीहरू विभिन्न सास्ती भोग्दै आएका थिए। राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा विसं १९७५ मा त्रिचन्द्र कलेज स्थापना भएपछि नै नेपालमा विधिवत् रूपमा उच्च शिक्षा आरम्भ भएको थियो। विसं १९७६ भदौ ५ मा विधिवत रूपमा त्रिचन्द्रमा आइए र आइएस्सीका तथा विसं १९८१ देखि बिए र २००४ सालदेखि बिएससीको पठनपाठन सुरु भएको थियो।

तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुलेसम्म त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग थियो। परीक्षालगायत शैक्षिक मान्यता सोही विश्वविद्यालयअन्तर्गत दिइन्थ्यो।

केही तस्वीर झलक :

   

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.