|
फाइल फोटो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको विरोध गरेका छन्। 

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै ज्वालाले राजतन्त्र नभएको मुलुकमा ‘श्री ५ महाराजधिराज’का नाममा सन्देश जारी गरिएको भन्दै आपत्ति जनाए। 

‘कहाँ छ नेपालमा राजतन्त्र? को छ यहाँ महाराजाधिराज? उनले भने‘जे मन लाग्यो त्यो बोल्ने छुट कसैलाई छैन। कुनै हालतमा जनताले यो कुरा सहन सक्दैन । यस्ता गैरजिम्मेवार र गैरसंवैधानिक अभिव्यक्तिहरूको सबै राजनीतिक दलहरू एक भएर प्रतिकार गर्नुपर्छ ।’

पूर्वराजा शाहको अभिव्यक्तिबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्ने माग पनि ज्वालाले गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.