|

काभ्रे : जिल्लाको विकट महाभारत गाउँपालिकामा राष्ट्रपति रनिङ तथा चौथो अध्यक्ष कप प्रतियोगिता शुरु भएको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले दीप प्रज्वलन र भलिबल सर्भिस गरेसँगै प्रतियोगिता शुरु भएको हो। 

मन्त्री मोक्तानले शैक्षिक तथा खेलकूदको विकासका लागि आफूले निरन्तर सहयोग गर्दै आएको बताइन्। महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले यहाँको पूर्वाधार विकास तथा शैक्षिक क्षेत्रको अवस्थाको बारेमा जानकारी दिँदै पूर्वाधार, शिक्षा र खेल क्षेत्रमा आवश्यक बजेट छुट्याउन अनुरोध गरेका छन्।

गाउँपालिकाका अध्यक्ष जिम्बाले राष्ट्रपति रनिङ तथा चौथो अध्यक्ष कपमा ८ विधाका खेलका लागि पालिकाभित्रको ८ वटा माध्यमिक विद्यालयबाट करिब २ सय ५० जना विद्यार्थी खेलाडी सहभागी रहेको जानकारी दिए। उनका अनुसार प्रतियोगिता ३ दिन सञ्चालन हुनेछ। 

प्रतियोगिताका रेफ्री संयोजक हेमबहादुर आलेका अनुसार प्रतियोगितामा महाभारत–२ स्थित भैरव माविको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतियोगितामा भलिबल, दौड (१००, २०० र ३०० मिटर), लङ्जम, हाइजम, ट्रिपलजम, ज्याबलिङ थ्रो, सटपुटलगायत ८ विधाका खेलमा जनकल्याण मावि, ग्रामउन्नति मावि, सिद्धेश्वर मावि, जनमोहन मावि, ज्योति मावि, कालीदेवी मावि, भैरव मावि र गोकुले माविबाट सबै खेलमा छात्र र छात्रा खेलाडी सहभागी छन्। 

मन्त्री मोक्तानलाई खानीखोला र महाभारतका विद्यार्थीले खादा, माला र अबिरले स्वागत गरे। मन्त्री मोक्तानले विद्यार्थीहरूसँग अन्तरक्रिया समेत गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.