|

काठमाडौं : यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा प्रकाश क्षेत्रीलाई प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवसको अवसरमा प्रदान गर्ने उक्त पुरस्कार डा क्षेत्रीलाई प्रदान गरिएको हो।

स्वास्थ्य सेवा दिवसका अवसरमा सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. क्षेत्री उत्कृष्ट कार्यसम्पादन गरेवापत् १ लाख रूपैयाँ राशिको उक्त पुरस्कारबाट सम्मानित भएका हुन्।

यस वर्षको कोशी अस्पतालका गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. मुनकर्ण थापा र उपचारात्मक सेवा महाशाखाका डा. पेमावती थापा पुरस्कृत भएका छन्। स्वास्थ्य सेवा पुरस्कारको राशि जनही ५० हजार रूपैयाँ रहेको छ।

पुरस्कृतहरूलाई स्वास्थ्य सेवा दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सम्मानित गरेका थिए । पुरस्कार छनोटका लागि यसअघि मन्त्रालयले अतिरिक्त सचिव डा संगीता मिश्राको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो।

स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनको स्मरणमा हरेक वर्ष फागुन १५ गतेलाई स्वास्थ्य सेवा दिवस मनाइँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.