|

काठमाडौं : पहिलो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनलमा सातदोबाटोलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि हात पारेको हो।

मछिन्द्रको जितमा विशाल श्रेष्ठ नायक बने। सातदोबाटोका अब्दुल लतिफ अबुबाकरले प्रहार गरेको पेनाल्टी श्रेष्ठले रोकेपछि खेल मछिन्द्रको पोल्टामा गएको हो।

मछिन्द्रका लागि खेलको पाँचौं मिनेटमा देवेन्द्र तामाङको फ्रि किकमा अफ्रिकी खेलाडी ओलावाले आफिजले गोल गर्दै अग्रता दिलाए पनि खेलको १८ औँ मिनेटमा सातदोबाटोका जोर्डन ओआना जुनियरले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। उपाधिसँगै मछिन्द्रले १० लाख रूपैयाँ पाएको छ भने उपविजेता सातदोबाटोले ५ लाख रूपैयाँमा चित्त बुझाएको छ।

खेलका झलकः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.