|

काठमाडौं : आफ्ना संघीय सांसदहरूलाई ८ दलको अभिमुखीकरण शुरु भएको छ। राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका उनीहरूले आज राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई अभिमुखीकरण दिइरहेको हो।

राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो रोयल बैंक्वेट तीनकुनेमा अभिमुखीकरण शुरु भएको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अभिमुखीकरण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई बोलाइएको छ।

केही झलकः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.