|

काठमाडौं : किरात राई यायोक्खाले प्रदेश १ को नाम ‘कोशी प्रदेश’विरुद्ध विरोध प्रदर्शन गरेको छ। शुक्रबार यायोक्खाले माइतीघर मण्डलामा कोशी नाम खारेजको माग राख्दै विरोध प्रदर्शन गरेको हो।

फागुन १७ कालो दिन, कोशी प्रदेश मुर्दावाद, किरात प्रदेश जिन्दावाद लगायत प्लाकार्डसहित उनीहरूले आन्दोलन गरे। ऐतिहासिक पृष्ठभूमिको आधारमा त्यहाँको मानव भूगोलको सभ्यता, इतिहास, भाषा संस्कृतिको पहिचान सम्बोधन गर्ने गरि किरात प्रदेश नाम राख्नुपर्ने यायोक्खाको अडान छ।

तस्वीरहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.