|

सुर्खेत : कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४ सय ८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

अनियमितता बढी हुने गरेको प्रदेशका रुपमा लिइए पनि पछिल्लो समय रिसिइवीका कारण दुःख दिन उजुरी अख्तियारमा पठाउने गरेको पनि पाइएको छ।

उपभोक्ता समितिमा भागबण्डा नमिल्दा, ठेक्का भएका योजनाहरुमा काम नपाउँदा लगायतका कारणले दुःख दिने नियतले प्रायः उजुरी आउने भए पनि कर्णालीका विकट ठाउँमा कामठग प्रवृति मौलाउँदो छ। 

 ९ स्थानीय तह रहेको सुर्खेतमा ५९ वटा उजुरी रहेको छ। सवैभन्दा बढी गुर्भाकोटबाट २२ उजुरी परेको छ। दैलेखका ११ स्थानीय तहमा ९६ वटा उजुरी अख्तियारमा दर्ता भएका छन्। जसमा नारायण नगरपालिकाबाट २३ वटा अनियमितताका उजुरी दर्ता  भएको छ। कालीकोटका नौ स्थानीय तहमध्ये ५४ वटा उजुरी दर्ता छन्।

 सबैभन्दा बढी खाँडाचक्र नगरपालिकामा १३ वटा रहेको छ भने सबैभन्दा कम पचालझरनामा १ वटा अनियमितताको उजुरी परेको छ।

जुम्लाका ८ स्थानीय तहमध्ये सिँजा गाउँपालिका र तातोपानी गाउँपालिकाबाट एउटा पनि उजुरी परेको छैन। जुम्लाका बाँकी ६ वटा स्थानीय तहबाट ३८ वटा उजुरी दर्ता भएका छन्।

सवैभन्दा बढी उजुरी सदरमुकाम समेत रहेको चन्दननाथ नगरपालिकाबाट २३ वटा उजुरी दर्ता भएको छ। मुगुका चार स्थानीय तह रहेकोमा मुगुम कर्मारोङ गाउँपालिकाबाहेक अन्य तीन वटा स्थानीय तहबाट ४९ वटा उजुरी दर्ता भएकोमा सवैभन्दा बढी सदरमुकाम गमगढीमा रहेको छायाँनाथ रारा नगरपालिकाबाट २६ वटा उजुरी दर्ता भएको अख्तियार अनुसन्धान दुरुपयोग आयोग सुर्खेतले जनाएको छ। 

डोल्पाका ८ वटा पालिका रहेकोमा छार्कातोङसोङ र डोल्पोवुद्ध गाउँपालिकाबाट उजुरी परेको छैन। त्यहाँ सञ्चार माध्यमको पहुँच नहुनुका साथै जनसम्पर्क समेत काम हुने भएकाले उजुरी नपरेको हो। काठमाडौँ बसेर डोल्पाको तलब खाने कर्मचारी यिनै दुइ पालिकामा पर्दछन्। मंसिर देखि फागुन सम्मा काठमाडौँ बसेर उत्तैबाट तलब भत्ता बुझेको यी दुई पालिकाका कर्मचारीले सेवा प्रवाह समेत बन्द गरेका थिए।

अन्य ६ वटा पालिकाबाट १८ उजुरी परेको छ।  सवैभन्दा बढी जगदुल्ला गाउँपालिकाबाट ८ वटा उजुरी दर्ता भएको छ। हुम्लाको सात वटा स्थानीयमध्ये अन्य पालिकाबाट ३९ वटा उजुरी परेको छ। सबैभन्दा बढी अदानचुली गाउँपालिकाबाट मात्रै १४ वटा उजुरी रहेको छ। जाजरकोटका सात वटा पालिकाबाट ४३ वटा उजुरी अख्तियारको कार्यालयमा दर्ता भएको छ।

सल्यानका १० वटै पालिकाबाट ३४ वटा, रुकुम पश्चिमका ६ स्थानीय तहबाट २३ वटा उजुरी दर्ता भएको छ। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कर्णालीका स्थानीय तहबाट ४ सय ८१ वटा उजुरी दर्ता भएका हुन्। जसमा गर्त आर्थिक वर्षबाट हेर्दै आएकोसहित गरेर २ सय ९६ वटा स्थानीय तहको उजुरी अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ। कर्णालीमा उच्च हिमाली जिल्लाहरुबाट भौगलिक विकटता र योजनामा मिलोमत्तोका कारण पनि उजुरी कम पर्ने गरेको आंशका छ।

सबै भन्दा मिलेमत्तो उपल्लो डोल्पाको छार्कातोङसोङ र डोल्पोवुद्ध हुने गरेको चर्चा समय , समयमा हुने गरेको छ। उपल्लो डोल्पामा अनुगमन तथा निरीक्षणका कुनै पनि काम नहुँने भएकाले त्यहाँ के भएको छ भन्ने जानकारी सम्मा नआउने गरेको छ।

भौगोलिक विकटतालाई देखाउँदै त्यहाँ अनुगमनका काम नहुँदा लुट मचाउन सजिलो हुने गरेको हो। प्रदेश, संघीय तथा स्थानीय तहले सञ्चालन गरेका कुनै पनि योजनाको अनुगमन तथा निरीक्षणको काम नहुने गरेको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.