|

डोल्पा : उपल्लो डोल्पा गर्मी मौसममा पनि चिसो नै हुने गर्दछ। यहाँका दैनिक गतिविधिहरू सञ्चालन गर्न फलामका चिउरा चपाएझैँ हुने गरेको स्थानीयबासीहरु बताउँछन्।

भूगोल मात्र होइन, मौसमले समेत सबै समयमा चुनौती दिने गर्दछ। पातला बस्ती, थोरै जनसंख्य उच्च हिमाली भेगको बसाई सजिलो त कहाँ छ र? संघीयतापछि स्थानीय तहको स्थापना हुनुपूर्व यहाँ राज्यको उपस्थिति नै थिएन। 

न त यहाँ कुनै सञ्चार सुविधा थियो? स्थानीय सरकार स्थापना सँगै राज्य संयन्त्रको उपस्थितिसमेत बाक्लो हुँदै गर्दा जनसाधारणले सरकारी सेवा लिनका लागि सदरमुकाम दुनैको मुख ताकिरहनु पर्ने अवस्था पातलिँदै गएको डोल्पोबुद्ध गाउँपालिका–४ का चाबाङ गुरुङले बताए।

सदरमुकाममा केन्द्रीत रहेको राज्यको सबै थोक सेवा अहिले वडा पालिका सम्मा पुग्दा आफूहरु खुसी भएको गुरुङले बताए। शितोष्ण हावापानी भएका यस डोल्पोबुद्ध गाउँपालिकामा गर्मी मौसममा अधिकतम १५ डिग्री सेल्सियस र जाडो समयमा न्यूनतम -१५-२० डिग्री सेल्सियससमम तापक्रम पुग्ने गर्दछ यहाँको सम्पूर्ण भूभाग हिमाली हिमश्रृङ्खलाको उत्तरी भागमा अवस्थित रहेकोले सधैँ सुक्खा खालको हावापानी पाइन्छ।

सबैभन्दा बढी हिमपात एवं कम वर्षा हुने समय पुस, माघ र फागुन रहेको छ।  औषत वार्षिक वर्षा हुने समय असार, साउन महिनामा २०० मिलिमिटर भन्दा पनि कम वर्षा हुने गरेको देखिन्छ।

६ वटा वडा रहेको डोल्पोबुद्ध गाउँपालिकामा हिउदको समयमा हिउँले ढाक्ने गर्दछ। राज्यको बजेट कार्यान्वन हुने समयमा हिउँले गाउँ,ठाउँहरु कब्जा गर्दा विकासे काममा बाधा पुग्ने गरेको छ। पुस देखि फागुनको पहिलो हप्ता सम्म शैक्षिक तथा अन्य गतिविधि गर्न चिसोले हैरानी बनाउने गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देबकोटाले जानकारी दिए।

चिसो तथा भौतिक संरचनाको अभावमा शैक्षिक क्रियाकलाप सञ्चालनमा समस्य आएपछि पालिकाले आफ्नै लगानीमा आवासीय विद्यालयलाई थप व्यवस्थित बनाउने योजनाका साथ काम भइरहेको अधिकृत देबकोटाले बताए। पालिका भरी तीन वटा मात्र विद्यालय रहेका छन्।

डोल्पोबुद्ध–३ मा रहेको विगत लामो समयदेखि सञ्चालनमा रहेको क्रिस्टल माउण्टेन आधारभूत विद्यालयलाई थप व्यवस्थित बनाएर मावि तहसम्म सञ्चालन गर्नका लागि कामहरु भइरहेका छन्।

चिसो तथा अन्य प्रकृतिक प्रकोपबाट जोगिनका लागि वातावरण सुहाउदो विद्यालय बनाई शैक्षिक अवस्थामा भारी सुधार ल्याउनका लागि क्रिस्टल माउण्टेनलाई व्यस्थित बनाउन लागिएको हो।

अस्थायी स्वीकृत लिएर निजी क्षेत्रको समेत सहभागितामा  मावि तह सम्म पढाइ भइरहेको यो विद्यालयलाई व्यवस्थित बनाउन लागिएको अधिकृत देबकोटाले बताउनुभयो। त्यस्तै डोल्पोबुद्ध –५ स्थित सिद्धार्थ कुल्ला आधारभुत विद्यालयलाई भौतिक संरचना सुधार गर्न काम जारी रहेको र थप काम गर्न राष्ट्रिय योजना आयोगमा समेत पत्राचार गरिएको उनले बताए।

 वडा नम्वर ६ सिमेनमा रहेको इन्द्रधनुष आधारभुत विद्यालयको संरचना निर्माण कार्य जारी रहेको छ।

 कक्षा ५ सम्मा पढाइ हुँने उक्त विद्यालयमा २ कोठे नयाँ भवनको कामलाई तीव्रता दिइएको छ। पालिकाले विद्यालय आउन नसक्ने तथा औपचारिक शिक्षा लिनबाट बन्चित भएका सर्वसाधारणका लागि पौढ शिक्षा समेत यही आर्थिक वर्ष देखि सुरु गरेको छ। प्रति वडामा २ लाख रुपैयाँ लगानी गरेर ७ जना सहजकर्तामार्फत पौढ शिक्षा सञ्चालनमा रहेको बताएको छ।

 पातला बस्ती , कम जनसंख्य भएका कारण सबै ठाउँमा विद्यालय सञ्चालन गर्न मुस्किल भएपछि पालिकाले पौढ शिक्षालाई समेत जोड दिएको बताएको छ। स्थानीय खाम भाषाको माध्यमबाट पौढ शिक्षा सञ्चालन भएपछि सर्वसाधारणहरु खुसी हुँदै शैक्षिक क्रियाकलापमा सहभागी भएको बताएका छन्। भोट भाषा नै बढी प्रयोग हुने गरेको छ।

त्यस्तै तीनवटा बालविकास केन्द्र मार्फत बालबालिकालाई शिक्षा दिने काम भएको छ। बालविकासमा नेपाली , भोट ,तिब्बतीयन र अंग्रेजी भाषाको प्रयोग गरि पढाइ हुँदै आएको छ। यार्सागुम्बा, जडीबुटी संकलन गर्ने वैशाख महिना महिनामा घुम्ती विद्यालय सञ्चालन हुने गरेको छ। पाठ्यक्रमलाई पुरा गरी अब्बल शिक्षा दिने उदेश्यका साथ पालिकाले शैक्षिक क्षेत्रमा गरिने कुनै पनि काम बाँकी नराखेको अधिकृत देवकोटाले बताए। स्थानीय पाठ्यक्रम निर्माण गर्ने चरणमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.