|

काठमाडौं : भनिन्छ बिहानको सुरुवात राम्रो भयो भने दिनभर राम्रो बित्छ। दिनभर ताजा रहन र शरीरलाई स्वस्थ राख्न बिहानको सेवन स्वस्थ्य हुनुपर्छ। 

धेरैजसो मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन् तर खाली पेटमा  चिया वा कफी बानी स्वास्थ्यका लागि हानीकारक हुनसक्छ।

अध्ययनका अनुसार बिहान खाली पेटमा चिया–कफी पिउनाले एसिडिटी र पेटसम्बन्धी धेरै रोग लाग्ने सम्भावना धेरै हुन्छ। त्यसैले बिहान उठ्नेबित्तिकै चिया र कफी पिउनुको सट्टा त्यस्ता केही फलफूलको जुससहित केही पेय पदार्थ खाएर दिनको सुरुवात गर्न सकियो भने यसले ऊर्जाले भरिपूर्ण हुने र शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने गर्छ।

 बिहानी पेय छन्, जसलाई बिहान पिउनाले स्वास्थ्यका लागि फाइदाजनक हुन्छ

दूध

स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजामा चियाको सट्टा दूध पिउने बानी बसाल्नु राम्रो हुन्छ।  दूधलाई निकै पौष्टिक मानिन्छ। यसमा भिटामिन, क्याल्सियमले भरपूर दूधको नियमित सेवन गर्नाले हड्डी र दाँत बलियो हुन्छ।

बिहान दूध पिउनाले दिनभर ऊर्जावान रहन्छ। यस्तो अवस्थामा दैनिक बिहानको नास्तामा दूध पिउनु राम्रो मानिन्छ।

कागती पानी

कागती पानीलाई ऊर्जा पेय भनिन्छ। गर्मीमा तपाईले जुनसुकै बेला कागती पानी पिउन सक्नुहुन्छ जसले डिहाइड्रेसनको समस्या कम गर्छ तर बिहान मनतातो पानीमा मिसाएर पिउनुहोस्। कागतीको रस मिसाएर पानी पिउनाले शरीरलाई धेरै फाइदा हुन्छ।

बिहान खाली पेटमा मनतातो कागती पानीले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा सुधार गर्छ। यसले मोटोपनको समस्या भएकाहरुलाइ तौल बढ्नबाट पनि रोक्छ।

नरिवलको पानी

नरिवल पानी स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुन्छ। नरिवलको पानीलाई ऊर्जा पेय मानिन्छ। बिहान नरिवलको पानी पिउनाले दिनभर उर्जाको कमी हुँदैन। नरिवलको पानीमा चिनी र बोसोको मात्रा निकै कम हुन्छ। त्यसैले नरिवलको पानी पिउनु स्वास्थ्यका लागि हरेक हिसाबले राम्रो हुन्छ।

ताजा फलफूलको जुस

बिहान ताजा फलफूलको जुस पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। जुसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै स्वास्थ्यलाई बलियो बनाउँछ। यदी, तपाईं बिहान धेरै प्रकारको जुस पिउन सक्नुहुन्छ। तर, अमलाको जुस, एलोभेराको जुस, अनारको जुस र लौकाको जुस बिहान खाली पेटमा खानु निकै फाइदाजनक मानिन्छ।

एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.