|

काठमाडौं : ९ दलका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा विजयी भइसकेपछि ती दलका नेताहरूसँग जितको खुशी साटासाट गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल‚ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टी नेपालका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टी नेपालकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरूले उनलाई जितको बधाई दिएका थिए। 

उनलाई निर्वाचन आयोगले राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रपतिमा विजयी पौडेललाई आयोगले राष्ट्रपति निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उनलाई आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएका थिए। 

सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नाउपाकी अध्यक्ष श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। 

तस्वीरमा प्रसन्न मुद्रामा खुशियाली मनाइरहेका नवनिर्वाचित राष्ट्रपति पौडेलः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.