|

पर्वत : गोरखामा दूध बोक्ने ट्रक दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छन् भने ७ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायव निरीक्षक वेदनाथ भण्डारीका अनुसार गोरखाको गोरखा नगरपालिका–६ मा रहेको नगरपालिका बिसौनी मोडमा ट्रक दुर्घटनामा परेको हो।

गोरखा बसपार्कबाट हरमटारीचोकतर्फ जाँदै गरेको प्रदेश नं ३ ०१ ००३ क ६१७० नम्बरको ट्रक ओरालो बाटोमा झर्दै गरेको अवस्थामा घुम्तीबाट दुर्घटनामा परेको हो।

ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसहित सडकमा आसपासमा रहेका व्यक्तिहरूलाई पनि लछार्दै सडकबाट ९९ फिट तलसम्म पुगेको थियो। त्यस क्रममा एक जनाको मृत्यु भएको तर उनको परिचय भने नखुलेको प्रहरी नायव निरीक्षक भण्डारीले बताए।

दुर्घटनामा अरू ७ जना घाइते भएका छन्। उनीहरू रमला राना मगर, लालबहादुर गुरुङ, नारायण भुजेल, मोटरसाइकल चालक चालक मङ्गल चौधरी, विष्णु खड्का, बुद्धिबहादुर नेपाली र सावित्री बिक रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.