|

पर्वत : गोरखाको गोरखा नगरपालिका–६ बिसौनी मोडमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।

गोरखा बसपार्कबाट हरमटारीचोकतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००३ क ६१७० नम्बरको ट्रक ओरालो बाटोमा झर्दै गरेको अवस्थामा घुम्तीबाट खसेको थियो।

ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकलसहित सडक आसपासमा रहेका व्यक्तिहरूलाई पनि लछार्दै सडकबाट २० मिटर तल पुगेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायव निरीक्षक वेदनाथ भण्डारीका अनुसार दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी पठाइएको भए पनि परिचय खुल्न नसकेका एक जनाको उपचारकै क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको थियो।

मोटरसाइकलमा सवार बर्दिया घर भएका २८ वर्षीय मंगल चौधरी, गोरखाको शहीद लखन गाउँपालिका–४ का बुद्धिबहादुर नेपाली र दोलखाको सैलुङ गाउँपालिका–६ घर भएका वर्ष ३२ को विष्णु खड्काको अवस्था गम्भीर बनेपछि थप उपचारको लागि चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। तीमध्ये पनि विष्णुको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक भण्डारीले बताए।

गोरखा शहीद लखन गाउँपालिका–७ घर भई हाल गोरखा नगरपालिका–९ मा बस्दै आएकी ३० वर्षिया रमला राना मगर, शहीद लखन गाउँपालिकाकै ५९ वर्षीय लालबहादुर गुरुङ, गोरखा नगरपालिका–१० की ४० वर्षीया सावित्री बिक र शहीद लखन गाउँपालिका–६८ वर्षीय नारायण भुजेलको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.