|

काठमाडौं : नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यही चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गरेका हुन्।

उनले मुलुकभित्र नै व्यावसायिक र लगानी सुरक्षाको वातावरण बनाउन उम्मेदवारी दिन लागेको बताए। ‘नयाँ सोचका साथ व्यापार नीति ल्याउनुपर्छ र सशक्त संगठन विस्तार गर्नुपर्छ। त्यस्तो संगठन विस्तार गर्न आफ्नो अनुभवले संगठन बिस्तार गर्न भुमिका खेल्नसक्छु’, उनले भने, ‘त्यही अनुसार मैले नेतृत्व उन्मुख भएर आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको छुृ।’

श्रेष्ठले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा जान नसक्दा नेपाल उत्पादक मुलुक भन्दा पनि बजारका रूपमा मात्रै विकास हुने तर्क गरे। अबको चुनौती नयाँ व्यापार नीति ल्याउनु र सशक्त संगठन विस्तार गर्नु भएको उनको भनाइ छ। उनले उद्योगी व्यवसायीले व्यावसियक वातावरण र लगानीको सुरक्षा खोजेको भन्दै सरकारले यसको प्रत्याभूति दिनुपर्ने बताए।

श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताए। ‘उद्योग वाणिज्य महासंघले साना व्यवसायीका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न गरेको छ। हाम्रो पहुँच छ प्रभाव अलि पुगेन की भन्ने कुरामा महशुस गरेको छु’, उनले भने, ‘प्रभाव कसरी बढाउने भन्ने किसिममा नयाँ सोच बनाएर अगाडि बढाउँछौँ।’

श्रेष्ठले महासंघसँग आवद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा आफू योग्य उम्मेदवार भएको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.