|

काठमाडौं : विद्युतिय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्युआर मा रु १००० बोनस’ अफर लिएर आएको छ।​

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिँदा १००० को बोनस जित्ने मौका पाउनेछन् यो योजना फाल्गुण १५ देखि सुरु भएको छ र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टर मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.