|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि बिहीबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ। उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने छैनन्। 

यो पटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्प्लेट एवं माइकिङ गर्न पाएका छैनन्। प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने गरी आचारसंहिता बनाएपछि निर्वाचनमा योपटक तडकभडक देखिएको छैन। 

उनीहरूले विद्यार्थीसँग भेटेरै र सामाजिक सञ्जालको माध्यामबाट भोट मागिरहेका छन्। आचारसंहितामा निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ। त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ।  

कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित बनेको छ भने केही क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन्। उपत्यकाका त्रिचन्द्र, आरआर, पाटन संयुक्त र विश्वभाषा क्याम्पसमा भने विवादका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.