|

शरीरलाई पूर्णतया तन्दुरुस्त र स्वस्थ राख्न शारीरिक र मानसिक दुवै स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। सामान्यतया हामी सबैले शारीरिक स्वास्थ्यका लागि उपाय अपनाउँछौँ। तर जानेर वा नजानी मानसिक स्वास्थ्यलाई बेवास्ता गरिन्छ।

स्वस्थ दिमागबिना स्वस्थ शरीरको कल्पना पनि गर्न सकिँदैन, वास्तवमा यो त्यति गाह्रो छैन। केही साधारण कुराको ख्याल राखेर मात्रै राम्रो स्वास्थ्य प्राप्त गर्न सकिन्छ। वर्तमान समयका अधिकांश रोगको मूल कारण जीवनशैली र खानपानलाई मानिएको स्वास्थ्य विज्ञ बताउँछन्, जसमा केही सामान्य सुधारले समग्र स्वास्थ्य प्राप्त गर्न मद्दत गर्न सक्छ। केही राम्रा बानी शारीरिक र मानसिक दुवै स्वास्थ्य कायम राख्न मद्दत गर्न सक्छन्।

रक्सीबाट टाढा रहनुहोस् - शोधकर्ताका अनुसार रक्सी पिउने बानीले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पार्न सक्छ। रक्सीले कलेजोलाई मात्र हानि गर्दैन। यसले मुटुको मांसपेशीमा समस्या र क्यान्सरको जोखिम पनि बढाउँछ। यसका साथै मदिरा सेवनका कारण चिन्ता, तनाव जस्ता विकारको जोखिम पनि बढ्छ। यस्तो अवस्थामा मदिराबाट दूरी कायम गरेर समग्र स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ।

स्वस्थ आहार- शरीरलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनु निकै जरुरी छ। भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुराको सेवनले काम गर्न ऊर्जा प्रदान गर्नुका साथै संक्रामक रोगहरूसँग लड्न बलियो प्रतिरोधात्मक क्षमता निर्माण गर्न पनि फाइदाजनक हुन्छ। यस बाहेक दिमागलाई शान्त राख्न र सोच्ने र सम्झने क्षमता बढाउन आहारको पोषण पनि धेरै महत्त्वपूर्ण हुन्छ।

नियमित योग– व्यायाम दैनिक व्यायाम गर्ने बानीले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। नियमित योग–व्यायाम गर्नेमा मुटु रोग–मधुमेहको जटिलताको जोखिम कम हुन्छ। साथै दिमागलाई शान्त राख्न र तनावबाट बचाउन पनि फाइदाजनक हुन्छ। योगले गम्भीर रोगको जोखिमलाई कम गर्न सक्छ, साथै यसले डिप्रेसनको समस्याबाट पीडित व्यक्तिलाई राहत दिन पनि सहयोगी हुन्छ।

पर्याप्त निद्रा– ​हरेक रात ६–८ घण्टा सुत्नु मानसिक र शारीरिक दुवै स्वास्थ्यको लागि आवश्यक छ। पर्याप्त निद्रा नपुग्दा मुटु र मेटाबोलिक रोग लाग्ने खतरा हुन्छ। यसबाहेक निद्रा पूरा नहुने मानिसमा मानसिक रोगको जोखिम पनि बढी देखिएको छ। राम्रो निद्राले तपाईँलाई ऊर्जावान बनाउनुका साथै दिमाग शान्त र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.