|

काठमाडौं : चिकित्सकले एच थ्री एन टू  इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन्। उनीहरूले यो कोरोनाजस्तै फैलिने बताएका छन्।

सामान्यतया हल्का रोग लाग्ने इन्फ्लुएन्जा संक्रमणले अहिले घातक रूप लिइरहेको देखिन्छ। इन्फ्लुएन्जा-ए भाइरसको एच थ्री एन टू संस्करणले मानिसमा धेरै गम्भीर स्वास्थ्य जटिलताहरू निम्त्याउँदै छ।

पछिल्लो दुई महिनामा भारतको राजधानी नयाँ दिल्लीसहित कैयौँ क्षेत्रमा इन्फ्लुएन्जा बढिरहेका छन्। कोरोनापछि फ्लुका केस बढेसँगै मानिसहरू त्रासमा छन्। यसको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको चिकित्सकहरूले जनाएका छ्न्।

एच थ्री एन टू भाइरसको मुख्य जोखिममा बालबालिका र वृद्धवृद्धा हुन्छन्। 

प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा यो भाइसले छिटै संक्रमण गर्ने हुँदा दम, मुटुरोग, मधुमेह, मोटोपना भएका व्यक्ति जोखिममा हुन्छन्। गर्भवती पनि यो भाइरसको उच्च जोखिममा छन्। 

यी हुन् एच थ्री एन टू संक्रमणका लक्षण–

उच्च ज्वरो आउनु

नाकबाट पानी बग्नु

लगातार शरिर दुख्नु

वाकवाकी लाग्नु 

निरन्तर पखला लाग्नु

कतिपय बिरामीमा १०३ डिग्रीभन्दा बढी ज्वरो आउने समस्या देखिएको छ। यी लक्षण सामान्यतया तीन-चार दिनसम्म रहन्छ। तथापि केही मानिसमा यो लामो समयसम्म रहन सक्छ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वा धेरै किसिमका रोगको सिकार भइसकेका व्यक्तिलाई संक्रमणबाट जोगाउन निकै जरुरी रहेको चिकित्सक बताउँछन्। यो मौसममा ज्वरो आउनु सामान्य भए पनि लगातार ज्वरो आइरहे वा लक्षण पनि कडा खालको छ भने तुरुन्तै विशेषज्ञलाई देखाउनु पर्छ।

एजेन्सी

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.