|

काठमाडौं : उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। तर उपराष्ट्रपतिका दुई उम्मेदवारले आफूले आफैलाई मत हाल्न नपाउने भएका छन्। 

एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झाले आफूलाई मतदान दिन पाउने छैनन्। उनीहरु संघीय र प्रदेश सांसद नभएकोले भोट हाल्न नपाउने भएका हुन्। 

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले उपराष्ट्रपति चुन्न भोट दिनेछन्। उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन्। जसपाकै अर्का उम्मेदवार प्रमिला कुमारीले उपराष्ट्रपतिमा स्वघोषणामार्फत् प्रतिस्पर्धा स्थगित गरेकी छन्। उनी राष्ट्रियसभाकी सांसद हुन्।

उपराष्ट्रपतिमा प्रमिलाकुमारी यादवसहित चार उम्मेदवार छन्। जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। 

जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। एमाले अष्टलक्ष्मी शाक्यलाई प्रतिस्पर्धी बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.