'दलहरूले पुरुषलाई उठाएर गल्ती गरे'

|

काठमाडौं : उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताएकी छन्।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन्।

उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसके पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न  सकिने बताइन्। उनले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताइन्।

उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन्।

उनले भनिन्, ‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यक्ताको विषय हो। पार्टीले पनि त्यो आवश्यक्ता महशुस ग¥यो, स्थितिले पनि महशुस गरायो। यो अधिकार सम्पन्न पद होइन तर यो गरिमामय पद हो। त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभए पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ। म जित्नेमा ढुक्क छु। १० दल एकातिर बसे पनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो।’

उम्मेदवार शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गरिन्।

अहिले मतदान जारी छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.