|

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तत्काल कार्यतालिका प्रकाशित गर्न माग गरेको छ।

शुक्रबार अनेरास्ववियूले विभिन्न क्याम्पसमा निर्वाचन रोकिएपछि विज्ञप्ति जारी गरी कार्यतालिका प्रकाशित गर्न माग गरेको हो।

मध्यपश्चिम विश्वविद्यालयले आज सम्पन्न हुने स्ववियु निर्वाचन स्थगित गरेकोमा अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘विद्यार्थी हक अधिकारको पैरवीकर्ता, विद्यार्थी आन्दोलनको त्याग, संघर्ष र बलिदानबाट स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोक्ने विश्वविद्यालयको अलोकतान्त्रिक र मनोमानीपूर्ण निर्णयले गौरवशाली विद्यार्थी आन्दोलनलाई चुनौती दिन खोजेको घटनाको अनेरास्ववियु घोर निन्दा र भर्त्सना गर्छ’,विज्ञप्तिमा भनिएको छ। 

अनेरास्ववियूले विद्यार्थी आन्दोलनको अधिकार रक्षा र सुनिश्चिताका लागि तत्काल निर्वाचनको मिति र कार्यतालिका घोषणा गर्न माग गरेको छ। ‘अन्यथा विद्यार्थी आन्दोलनको अधिबेहरीले कोही कसैलाई छुट दिनेछैन र यसको प्रवाहको सामना गर्न तयार रहन समेत विश्वविद्यालयलाई यसै विज्ञप्‍तिमार्फत जानकारी गराउँछौँ’‚ विज्ञप्तिमा उल्लेख छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.