|

काठमाडौं : सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१० मत खसेको छ।

सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो। निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य बोहरा, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.