|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका छन्। 

पार्टी कार्यालयमा कसलाई मतदान गर्ने भन्ने छलफलपछि मतदानको समय सकिन लाग्दा उनीहरू संसद भवन नयाँबानेश्वर पुगेका हुन्। 

उनीहरू सामूहिक रुपमै पुगेर मतदान गरेका छन्। रास्वपाले उपराष्ट्रपतिमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ। 

रास्वपाले जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएका कारणले उनलाई नै मत दिने निर्णय गरेको रास्वपाका एक सांसदले जानकारी दिए। 

प्रतिनिधिसभामा रास्वपाका १९ जना सांसद रहेका छन्। उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादव र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.