|

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ। प्रतिष्ठानले शुक्रबार विज्ञप्ति निकालेर यसबारे प्रष्टीकरण दिएको हो।

‘प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा–प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोष विभाग हटाएको भनी गलत एवं भ्रामक सूचना सम्प्रेषण भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ’, सदस्यसचिव डा.धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तीमा भनिएको छ। 

प्रतिष्ठानबारे गलत सूचना सम्प्रेषण भएको भन्दै सदस्य सचिव सुवेदीले प्रष्ठिानले नेपाली भाषा व्याकरण र शब्दकोश विभाग हटाउने काम गरेको लगायत गलत एवं भ्रामक प्रचार तथा सूचना सम्प्रेषण गर्ने गरिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

प्रतिष्ठानले वर्तमान नेतृत्व नेपाली भाषालगायत नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, दर्शनको संरक्षण, सम्बर्धन र विकासमा सदैव सचेत र प्रतिबद्ध रहेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.