|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। 

शनिबार गृहसचिव विनाेदप्रकाश सिंह, नेपाल प्रहरीका प्रमुख धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतलाई बोलुवाटारमा बोलाएर स्ववियु निर्वाचनको सुरक्षाबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

उनले विद्यार्थी युनियनको निर्वाचनमा शान्ति पूर्ण वातावरणमा बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। साथै प्रधानमन्त्री प्रचण्डले समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.