|

काठमाडौं : म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

सिटीले बर्न्लीलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। सिटीको जितमा र्लिङ हालान्डले ह्याट्रिक गरे।

इतिहादमा भएको खेलमा सिटीले पुरै समय खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो। हालान्डको गोलमा पहिलो हाफमा सिटी २–० गोलले अघि रह्यो।

३२ औँ मिनेटमा युलियन अल्भारेजले दिएको पासमा उनले सिटीको खाता खोले। त्यसको तीन मिनेपछि उनकै गोलमा सिटीले अग्रता बनायो। ५९ औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। म्यानचेस्टर सिटीको गोल मेसिन हालान्डको पाँच दिनको अन्तरालमा यो दोस्रो ह्याट्रिक हो।

इंग्लिस फुटबलमा डेब्यु गरेकै सिजन उनले आफ्नो छैटौँ ह्याट्रिक पूरा गरेका छन्। योसँगै उनको डेब्यु सिजनमा गोल संख्या ४२ गोल पुगेको छ।

६२ र ७३ औँ मिनेटमा युलियन अल्भारेजले गोल गर्दै सिटीलाई ५–० गोलले अघि राखे। ६८ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै टिमको ६–० गोलको जित सुनिश्चित गरे।

 सिटी सात सिजनमा छैटौँ पटक एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो। अब सिटीले फाइनल प्रवेशका लागि ग्रिस्बी टाउन अथवा प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग भिड्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.