|

धनगढी : कैलालीमा बझाङका २ बालबालिकाको उद्धार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट शनिवार २ बालबालिका उद्धार गरिएको हो। प्रहरीका अनुसार बझाङको छान्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय दिपु गिरीको उद्दार गरिएको हो।

अत्तरिया बसपार्क नजिकैको एक होटलमा अलपत्र अवस्थामा भेटिएका उनीहरूको उद्धार गरेर स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएका थिए। उनीहरूले बालबालिका अलपत्र भेटिएको खबर पाएपछि उद्धार गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्‍याएको बताएका छन्।

 उद्दार गरिएका बालबालिकाले आफू आमासंगै आएको प्रहरी समक्ष बयान दिए। उनीहरूले आमाको नाम सिता गिरी र बुवाको नाम राजेश गिरी बताएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बरालले बताए।  बरालका अनुसार उनकी आमाले अत्तरियामा छोराछोरीलाई होटलमा छाडेर बेपत्ता भएकी छन्।

 भारतबाट आएर अत्तरिया बसापर्क नजिकैको राउला केदार होटलमा बसेकी बझाङको छन्नाकी सिता गिरी दुई जना छोराछोरीलाई छाडेर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। बालबालिकाहरू आफ्नी आमासँगै भारतबाट आएका थिए। प्रहरीले छोराछोरीलाई होटलमा छाडेर बेपत्ता भएकी गिरीको खोजी भइरहेको जनाएको छ। बालबालिकालाई अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.