|

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनका क्रममा मतदाता ओर्सान सरकारी गाडीको दुरुपयोग भएको छ। आइतबार मतदाता ओर्सान अमरगढी नगरपालिकाको गाडी दुरुपयोग गरिएको हो।

त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पसका रूपमा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मतदाता ओर्सान सरकारी सवारी साधनको दुरुपयोग गरिरहेको भन्दै चुनावी प्रतिस्पर्धामा रहेका विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्।

नगरप्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसको बहुमत रहेको अमरगढी नगरपालिकाको स्वामित्वमा रहेको से १ झ २३९ नम्बरप्लेटको बोलेरो जिप दुरुपयोग गर्दै मतदाता ओसारेको संयुक्त प्यानलबाट स्ववियु सभापतिका उम्मेदवार मदनबहादुर बोहराले बताए।

चुनावी प्रतिस्प्रर्धामा रहेका विद्यार्थी संगठनहरू अनेरास्ववियु र अखिल क्रान्तीकारीले पनि नेपाल विद्यार्थी संघले सत्ताको दुरुपयोगगर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाताहरु प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले सो सम्बन्धमा विद्यार्थी नेताहरुबाट गुनासो आएकोले तत्काल अमरगढी नगरपालिकालाई सवारी साधनको दुरुपयोग रोक्न निर्देशन दिएको जनाएको छ।

यस विषयमा अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यायले स्ववियु निर्वाचनका क्रममा नगरपालिकाका उपप्रमुख सवारी साधनमा चढेर क्याम्पस पुगेको र विद्यार्थीहरु बोक्ने काम नभएको जिकिर गरे। उनले उपप्रमुखले सवारीसाधन प्रयोग गरेको विषयलाई अन्यथा भन्न नमिल्ने बताए।

प्रत्येक्षदर्शी विद्यार्थीहरूले भने नेविसंघका उम्मेदवारहरुले अमरगढी नगरपालिकाको सवारी साधन दुरुपयोग गरेर मतदाता ओसार्ने काम भएको बताए। ‘एक पटक होइन, पटक–पटक नगरपालिकाको सवारीसाधनमा विद्यार्थीलाई बोकेर मतदानस्थलसम्म पुगाइएको छ,’ विद्यार्थी नेता करन साउँदले भने, ‘यसबाहेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्ववियु निर्वाचन प्रभावित पार्न आचारसंहिताको धज्जी उडाउने काम भएको छ।’

डडेल्धुरामा जसरी पनि नेपाल विद्यार्थी संघलाई विजयी गराउनुपर्ने भन्दै क्याम्पस प्रशासनले पनि मतदाता प्रभावित पार्न खोजिरहेको भन्दै विद्यार्थी नेताहरुले आक्रोश व्यक्त गरेका छन्। स्ववियु निर्वाचन प्रभावित तुल्याउन निर्वाचनको मिति घोषणा भएपछि विद्यार्थी भर्ना गरिएको आरोप छ।

नेविसंघबाट सभापतिमा दुर्गाप्रसाद भट्ट, सयुक्त प्यानलको तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघ    (बिपि)का मदनबहादुर बोहरा र अखिलबाट गणेशबहादुर क्षेत्रीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन अधिकृत भुवनेश्वर पनेरुका अनुसार आज ४ बजेसम्म मतदान हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.