|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एकजना सल्लाहकारले राजीनामा दिएका छन्। प्रधानमन्त्री प्रचण्डका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले राजीनामा दिएका हुन्।

पूर्वकानुनमन्त्रीसमेत रहेका बन्दीले आइतबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएका हुन्। उनले आफू वकालत पेसामा फर्किनका लागि राजीनामा दिएको बताए। 

‘बाहिर बसेर पनि सल्लाह दिन सकिन्छ। वकालतलाई निरन्तरता दिनका लागि राजीनामा दिएको हुँ। विशेष कामको लागि जेनेभा गएको थिएँ। त्यो पूरा भएपछि राजीनामा दिएको हुन्छ,’ बन्दीले थाहाखबरसँग भने। 

प्रचण्डले उनलाई  स्विट्जरल्याण्डमा भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिनका लागि शान्ति तथा मानव अधिकार सल्लाहकार बनाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.