|

काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक गिरावट भएको छ। आइतबार नेप्से परिसूचक ६.९० अंक घटेर १९२६.४० बिन्दुमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता शेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकमसमेत गिरावट भएको छ। बिहीबार नेप्सेमा १ अर्ब १४ करोडको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये  ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर यता, सानिमा ग्रोथ फण्डको इकाई मूल्य ८.५६ प्रतिशत घटेको छ। आइतबार हिमालयन डिष्टिलरी कम्पनीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.