|

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले खाता खोलेको छ। बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट बहुमुखी क्याम्पसको स्ववियु चुनावका नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ।

सभापतिमा अनेरास्ववियुका शम्भुराज गिरी ९२ मत ल्याउँदै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत प्राप्त गरे।

सचिवमा अनेरास्ववियुकै रमेशदत्त भट्ट ९६, कोषाध्यक्षमा सुनिल जोशी ९४, सदस्यहरुमा क्रमशः दिनेश भट्ट ८८, पुष्पा कार्की ९३, सृजना लुहार ९८ मत ल्याउँदै विजयी भएको निर्वाचन समितिले जनाएको छ।

श्रीकोट बहुमुखी क्याम्पसमा २१० जना विद्यार्थी मतदाता रहेकोमा १६० मत खसेको थियो। उक्त क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने अनेरस्ववियु एक्लै चुनावी मैदानमा उत्रेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.