|

धनगढी : डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘विप्लव’ निकट विद्यार्थीहरूले मतपेटिका फुटाएपछि मतदान रोकिएको थियो।

मत पेटिकासँगै अन्य सामग्रीमा पनि क्षति भएको भन्दै निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए।

‘केही उच्छृंखल तत्त्वहरू मतदान स्थलभित्र प्रवेश गरेर मतपेटिका लगायत अन्य सामग्री तोडफोड गरेको हुँदा मतदान गर्न गराउन सम्भव नभएकाले निर्वाचन स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ’‚ उनले जारी गरेको सूचना भनिएको छ।

क्रान्तिकारीका विद्यार्थीहरूले विवाद झिकेपछि मतदान रोकिएमा बैठक बसेको थियो। सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको हो। नेविसंघले विद्यार्थीहरूको परिचयपत्र एकमुष्ट लिएर फर्जी मत हाल्ने प्रयास गरेपछि विवाद भएको थियो।

विवादका क्रममा मतपेटिका फुटाउने एकजनालाई प्रहरीले पक्राउ गरेको पनि जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.