धनगढी : डोटीको खप्तड आदर्श क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु प्यानलसहित विजयी भएको छ। सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका हुन्।
सभापतिमा अनेरास्ववियुका श्याम विकले २१ मत पाउँदा नेपाल विद्यार्थी सङ्घका गणेश ओझाले ७ मत पाए। सचिवमा पनि अनेरास्ववियुकी पद्मा पछेरा २१ मत पाउँदै विजयी भइन्। नेविसंघकी देवी ओझाले ७ मत पाइन्।
कोषाध्यक्षमा पनि अनेरास्ववियुकी हेमा बोहराले २१ मत पाइन् भने नेविसंघकी गौरी पछेराले ७ मत पाइन्।
सदस्यहरूका पनि सबै अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।