|

धनगढी : अछाममा विद्यार्थी सवार ट्याक्टर दुर्घटना भएको छ। आज (आइतवार) जिल्लाको मेल्लेख गाउँपालिका-३ मा ट्याक्टर दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको हो। दुर्घटनामा चारजना घाइते भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दर्वा र बगुडाको बीचमा पर्ने बुढा खोलामा ट्र्याक्टर दुर्घटनामा परी १६ वर्षीया मनीषा बुढाको मृत्यु भएको हो भने अन्य ४ जना किशोरी घाइते भएका छन्।

से २ त ३४३१ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो। घाइते हुनेमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा, कक्षा ६ मा पढ्ने १२ वर्षीया पुष्पा विक रहेका छन्।

उनीहरू पिपलसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन्। गाडीचालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.