|

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मनोज साउद सभापतिमा निर्वाचित भएका छन्। 

पुनर्वास नगरपालिका-५ त्रिभुवन बस्तीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित भएका हुन्। 

अखिल क्रान्तिकारीका साउदले अनेरास्ववियु र नेवि संघका संयुक्त उम्मेदवार अनेरास्ववियुकी सकुन्तला मल्ललाई २० मतान्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन्। साउदले ११५ र मल्लले ९५ मत ल्याएकी छिन्। 

सचिवमा नेवि संघका सुशील कुँवर निर्वाचित भएका छन्। अनेरास्ववियु-नेवि संघका संयुक्त उम्मेदवार कुँवरले निकटतम प्रतिद्वन्द्वी क्रान्तिकारीका अस्मिता पौडेललाई २४ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन्। कोषाध्यक्षमा पनि नेवि संघका नेता लक्ष्मण सिंह ठाकुर निर्वाचित भएका छन्।

नेवि संघ र अनेरास्ववियुका संयुक्त उम्मेदवार ठकुरीले अखिल क्रान्तिकारीका गंगा थापालाई ६६ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन्।

सदस्यमा नेवि संघका प्रदिप ठगुन्ना, विपना चन्द, अनेरास्ववियुका प्रवेस पौडेल र बिमला थापा निर्वाचित भएका छन्। अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्टले २ ठूला संगठनलाई उछिन्दै क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएको बताए। क्याम्पसमा २९१ मतदाता रहेकामा २१० जनाले मतदात गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.