|
फाइल तस्वीर

काठमाडौं : उपराष्ट्रपति निर्वाचित भएका जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवले प्रतिनिधिसभा सदस्य र जसपाका सबै जिम्मेवारीबाट आइतबार राजीनामा दिएका छन्। उनले सांसदसहित जसपाको साधारण सदस्यलगायत सबै जिम्मेवारीबाट राजीनामा दिएको जसपाले विज्ञप्ति जारी गर्दै जना‍एको छ। 

उनले प्रतिनिधिसभाका सभामुखलाई सम्बोधन गरी सांसदबाट राजीनामा दिएका हुन्। यसैगरी उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गरेर दिएको राजीनामामा चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएसँगै सोही मितिदेखि लागू हुने गरी साधारण सदस्यलगायत पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.