|

काठमाडौँ : बढ्दो उमेरसँगै धेरै पुरुषमा यौनेच्छामा कमी हुन्छ। विज्ञहरूका अनुसार यो त्यस्तो गम्भीर समस्या होइन। यदि कुनै व्यक्तिले आफ्नो यौनेच्छा बढाउन चाहन्छ भने त्यसका लागि कुनै औषधी वा उपचारको आवश्यकता पर्दैन, प्राकृतिक तरिकाले पनि सही नतिजा प्राप्त गर्न सकिन्छ।

अहिलेको व्यस्त जीवन र कामको दबावका कारण उत्पन्न हुने तनाव, व्यक्तिगत सम्बन्धमा समस्या, स्वास्थ्यसँग सम्बन्धित समस्या, बुढेसकालमा यौनचाहना घट्नुको प्रमुख कारण मानिन्छ। यौनचाहना बढाउन पुरुषहरू प्रायः औषधि प्रयोग गर्छन्। त्यसैले प्राकृतिक विधिबाट पनि यौनशक्ति बढाउन सकिन्छ।

स्वस्थ खानेकुरा

यदि तपाईँ आफ्नो दैनिक जीवनमा स्वस्थ आहार लिनुहुन्छ भने यसले यौनेच्छा बढाउँछ। दैनिक खानेकुरामा हरियो सागपात तथा हरियो तरकारी र प्रोटिनयुक्त खानेकुरा दैनिकरूपमा आफ्नै भोजनमा समावेश गर्न सकियो भने यौनेच्छामा कमी आउने समस्याबाट समाधान निस्किन्छ।

तनाव व्यवस्थापन

हरेक मानिसको जीवन अलग-अलग समयमा कुनै न कुनै तनावसँग जुधिरहेको हुन्छ। यस्ता तनावका वेला आफूलाई शान्त राख्न जरुरी हुन्छ। धेरै चिन्ताले यौनचाहना घटाउन सक्छ। खराब अवस्थामा आफूलाई चिन्तामुक्त राख्ने बानी बनाउनुपर्छ जसले यौनचाहना कम हुने समस्या हटाउन सहयोगी हुन्छ।

आठ घण्टा राम्रो निद्रा

राम्रो निद्रा कैयौँ बिरामीको रामवाण उपचार हो। यसको गहिरो सम्बन्ध यौनेच्छा पनि हो। सन् २०१५ मा गरिएको अनुसन्धानअनुसार यदि राति कम्तीमा आठ घण्टा सुत्नुहुन्छ भने, यसको सकारात्मक प्रभाव यौन जीवनमा पनि देखिन्छ।

तौल बढ्न नदिने

वैज्ञानिकहरूले मोटोपनालाई यौनको कम चाहनासँग जोड्छन्। धेरै तौलको भएकाहरूमा ‘टेस्टोस्टेरोन’ हर्मोनको कम हुने जोखिम छ। टेस्टोस्टेरोन हर्मोनको घटबड भयो भने यौनेच्छामा कमी आउन सक्छ। त्यसैले अधिक मोटोपनबाट जोगिनुपर्छ। 

हर्बल उपचार

पुरुषको यौनेच्छा बढाउन जडिबुटी उपचार कत्तिको प्रभावकारी हुन्छ भन्ने बारेमा धेरै कम अनुसन्धान भएको छ। यति हुँदाहुँदै पनि कति फाइदा हुन सक्छन्। 

नियमित व्यायाम

दैनिकरूपमा व्यायामलाई प्राथमिकता दिँदायौनचाहना बढाउन मद्दत गर्छ। सन् २०१५ मा टेस्टोस्टेरोनको मात्रा कम भएका पुरुषमा गरिएको अध्ययनअनुसार नियमित व्यायाम गर्नेहरूमा कामवासना बढेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.