|

चन्द्रनिगाहपुर : रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल विजयी भएको छ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा जनज्योति बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका संगम श्रेष्ठ को प्यानल विजयी भएको हो। कुल २ हजार १५ मतदाता रहेको सो क्याम्पसमा १ हजार ३ सय ६ मत खसेको थियो।

नेवि संघका श्रेष्ठले १ हजार ३४ मत ल्याएर सभापतिमा विजयी भएका हुन्। नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) एवम् नेकपा एकीकृत समाजवादीको अनेरास्ववियु, जनमत पार्टीको विद्यार्थी जनमत संघको गठबन्धनबाट बनेको प्रगतिशील संयुक्त विद्यार्थी संगठनबाट उम्मेदवार बनेका राधेश्याम बैठा (आदित्य) ले १ सय ६५ मतमात्र ल्याउन सफल भए।

सभापतिका अर्का उम्मेदवार समाजवादी विद्यार्थी युनियन नेपालका आशिष लामाले ७५ मत प्राप्त गरे। सचिवमा ९ सय ६१ मत ल्याएर मो. नौसाद आलम विजयी भएका छन्।

कोषाध्यक्षमा संगीताकुमारी चौधरी ९ सय ५२, सदस्यहरुमा विकल कार्की ९ सय ७९, कृती घिमिरे ९ सय ६४, सैलेसकुमार पासवान ९ सय ६७, समिरप्रसाद दाहाल ९ सय ६८, राकेशकुमार साह ९ सय ५९, जयप्रकाश रजक ९ सय ४४, विशाल चौधरी ९ सय ४८ मत ल्याएर विजयी भएका निर्वाचन कमिटीका संयोजक विनोद तिमल्सिनाले जानकारी दिए।

यता समानुपातिकतर्फ पनि नेविसंघले बाजी मारेको छ। संयोजक तिमल्सिनाका अनुसार संघले ९ सय ६० मत ल्याउँदा अनेरास्ववियुले १ सय २२, समाजवादी विद्यार्थी युनियन, नेपालले ९५, अखिल क्रान्तिकारीले ७६, अनेरास्ववियुले ३६ मत मात्र ल्याउन सफल भए। नेविसंघका श्रेष्ठ दोस्रो कार्यकालको सभापतिमा चयन भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.