|

बैतडी : जबर्जस्ती करणी आरोपमा पक्राउ परेका बैतडीको मेलौलीका एक जना ५६ वर्षीय पुरुष कारागार चलान भएका छन्। जिल्ला अदालतले ती पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

स्थानीय २४ वर्षीया फरक क्षमता भएकी एक महिलामाथि जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ गरिएको थियो। प्रहरीले कारागार चलान गरिएका पुरूषको नाम सार्वजनिक गरेको छैन। पीडित र पीडक नातेदार रहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

गत फागुन १३ गते पीडित महिलाको घरमै जबरजस्ती करणी गरिरहेको परिवारका सदस्यले देखेपछि घटना बाहिरिएको हो। त्यसपछि पीडितका आफन्तले प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएका थिए।

आरोपी पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान सकेपछि अदालतले चलान गर्न आदेश दिएको हो। पीडित महिला घरपरिवारकै संरक्षणमा रहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.