|

धनकुटा : धनकुटा बहुमुखी क्याम्पसमा ५ विद्यार्थी संगठनको सहमतिमा अध्यक्षमा अनेरास्ववियुका सन्तोष बुढाथोकी सर्वसम्मत चयन भएका छन्। 

उपाध्यक्ष र सचिवमा नेपाल विद्यार्थी संघका सुवास भण्डारी र सुवास खनाल, सहायक सचिवमा अखिल क्रान्तिकारीका किशोरकुमार रायमाझी र कोषाध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना सर्वसम्मत चयन भएका छन्।

सदस्यमा अनेरास्ववियुबाट प्रविण खनाल, टेकेन्द्र सापकोटा, नविन पौडेल, भूमिराज राई, सुजन सुवेदी, मुना चापागाँई र कविता विश्वकर्मा चयन भएका छन्। नेपाल विद्यार्थी संघबाट सदस्यमा मेलिना राई, अनिश भट्टराई र अखिल क्रान्तिकारीबाट सदस्यहरुमा विपिनराज थापा र निरुता थापा मगर चयन भएका छन्। नेकपा एस निकट अनेरास्ववियूबाट सदस्यमा मनोज तामाङ र नानुका ठकुरी तथा समाजवादी विद्यार्थी युनियनबाट निशा राई सर्वसम्मत चयन भएका हुन्।

धनकुटा बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष सन्तोष बुढाथोकीले विद्यार्थीहरुको हकहितका लागि जस्तोसुकै चुनौती सामना गरेर भए पनि काम गर्ने बताए। स्ववियु कार्य समितिको कार्यावधि २ वर्षको हुनेछ।

यता धनकुटाका अन्य ६ वटा क्याम्पसमा पनि सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। धनकुटा बहुमुखी क्याम्पससहित हिले क्याम्पस र जाल्पादेवी क्याम्पस पाख्रिबास अनेरास्ववियुको नेतृत्वमा, जितपुर क्याम्पसमा नेपाल विद्याथी संघको नेतृत्वमा र भाषा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन भएका छन्।

धनकुटाकै गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा संगठन दर्ता नभएका कारण स्ववियु गठनको प्रक्रिया अघि बढेको छैन तर गोकुण्डेश्वर क्याम्पसमा नेपाल विद्यार्थी संघ र बुधुक क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा स्ववियु गठन हुने सहमति भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.