|

काठमाडौं : सल्यानको कुमाख गाउँपालिका ४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा ५ जना घाइते भएका छन्। ​

गएराति शंकर रानाको किराना पसलमा एक्कासी आगलागी हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आागलागीमा परी पसल सञ्चालक कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।​

घाइतेहरुको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका  लागि कोहलपुर मेडिकल कलेज बाँके रेफर गरिएको उनको भनाइ छ। 

घाइते ५ जना मध्ये शंकर, यज्ञ जीवन र संजिवको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.