|

काठमाडौं : विभिन्न मागहरू राख्दै कम्युनिस्ट दल आबद्ध किसान संघ तथा संगठनहरूले आज प्रदर्शन गरेका छन ।

बुधबार माइतीघरमा ६ वटा किसान संघ तथा संगठनहरू ( अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र),अखिल नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ (अप्फा),अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी),अखिल नेपाल किसान यूनियन,अखिल नेपाल प्रगतिशील किसान संघ) मिलेर संयुक्त किसान संघर्ष समितिको नाममा  संयुक्त प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीहरूले किसान एकता जिन्दावाद,किसानहरू गर्जन्छ किसानमारा थर्कन्छन्, किसान माथिको वित्तीय शोषण अन्त्य गर, बढ्दो महंगी नियन्त्रण गर, विषादी युक्त खाद्यान्न आयात बन्द गर जस्ता नारा लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.