|
फाइल तस्वीर

काठमाडौं : १० दलीय गठबन्धनबीच सरकार विस्तार गर्नेबारे बुधबार प्रारम्भिक छलफल भएको छ।

पुस १० गतेको समीकरण राष्ट्रपति निर्वाचनमा भत्काएर दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने प्रक्रिया शुरु गरेका हुन्। प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार विस्तार गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुकी बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए। कुन दलले कति मन्त्रालय पाउने विषय भने नटुंगिएको भन्दै उनले फेरि बस्ने बैठकले त्यसबारे छलफल गर्ने बताए। 

गठबन्धनका सबै दल उपस्थित नभएको बैठकमा संसदबाट महत्वपूर्ण विधेयकहरु पारित गर्न भूमिका खेल्नेलगायतका विषयमा पनि छलफल भएको छ। तर माओवादीका अयोग्य लडाकुलाई २ लाख राहत दिने मन्त्रिपरिषद्को निर्णयबारे कांग्रेसलाई कुनै जानकारी नभएको नेता लेखकले बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले नै यस्तो कुनै निर्णय नभएको जानकारी दिएको लेखकले सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.