|

काठमाडौं : आयोजक  भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृंखला २-१ ले जितेको छ।

एमए चिन्दाबरम स्टेडियममा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो।  दुई सय ७० रनको योगफल पछ्याएको भारतले ४९‍‍.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ मात्रै बनाउन सक्यो। 

भारतका लागि कप्तान रोहित शर्मा र सुबनम गिलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। यस्तै, वान् डाउनमा क्रिजमा उत्रिएका विराट कोहलीले ७२ बलमा दुई चौका र एक छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

अस्ट्रेलियाका आडम जाम्पाले सर्वाधिक चार विकेट लिए। उनले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिँदा अस्टोन एगरले दुई तथा मार्कस स्टोइनिस र सिन एबोटले एक–एक विकेट लिए।

पहिलो इनिङमा भारतीय बलिङसामू संघर्षरत अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४७ रनको इनिङ खेलेका थिए।  त्यसबाहेक विकेटरकिपर–ब्याटर एलेक्स क्यारेले ३८, हेडले ३३ तथा मार्नुस लाबुस्चेनले २८ रनको योगदान गरे।

भारतका लागि कुलदीप यादवले र हार्दिका पाण्डे तीनतीन,  विकेट लिए।  वाङ्खडे स्टेडियममा भारतले अस्ट्रेलियालाई पाँच विकेटले हराएको थियो भने अर्को खेलमा अष्ट्रेलियामाथि १० विकेटको शानदार जित निकालेको थियो।  

चेन्नईमा भएको निर्णायक एकदिवसीयमा भारतविरुद्धको जितसँगै अस्ट्रेलिया च्याम्पियन बन्यो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.