|

काठमाडौं : विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ !’ मूल नाराकासाथ क्षयरोग दिवस मनाउन लागिएको हो।

दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान पौने ११ बजे विशेष कार्यक्रम आयोजना गर्दैछ। 

सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए। त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चदेखि विश्व क्षयरोग दिवस मनाउने गरिएको हो।

नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहँदै आएको छ । नेपालमा आर्थिक वर्ष २०७५/७६ मा करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिएको राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको तथ्यांक छ। तर तीमध्ये २८ हजार हाराहारी बिरामी मात्रै उपचारको दायरामा आएको पाइएको छ। 

त्यस्तै २०७८/७९ मा  ३७ हजार ८०० भन्दा बढीमा क्षयरोग पत्ता लागेको छ । राष्ट्रिय क्षय रोग केन्द्रले आर्थिक वर्ष २०७८७९ मा २५ वटा स्थानीय तहमा क्षयरोगमुक्त नेपाल अभियान सुरु गरिएको थियो। २०७९/८० मा थप १०० स्थानीय तहमा यो अभियान विस्तार गरिएको जनाएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.