|

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।  शुक्रबारको प्रदेशसभा बैठकबाट उनलाई विश्वासको मत प्राप्त भएको हो।

शुक्रबार प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्‍यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७  मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको सभामुख भुवन पाठकले घोषणा गरे।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले संविधानबमोजिम दोस्रोपटक संसदबाट विश्वासको मत लिएका हुन्।

पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

नयाँ समीकरण बनेसँगै एमाले पनि सरकारबाट बाहिरएको छ। प्रदेशसभा बैठकबाटै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्ना सबै मन्त्रीको राजीनामा घोषणा गरेका थिए।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए।

उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।

११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.