|

काठमाडौँ : ७७ जिल्लामध्ये सर्वाधिक जनसंख्या काठमाडौं जिल्लामा २०,४१,५८७ जना रहेको छ। 

यसका साथै काठमाडौँपछि सबैभन्दा धेरै जनसंख्या भएको जिल्लामा मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्ला हुन्।

यसैगरी सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा रहेको पाइएको छ। मनाङमा ५,६५८ जनसंख्या रहेको पाइएको छ। यस्तै कम जनसंख्या भएका जिल्लामा मनाङपछि मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ।

दश वर्षअघि २०६८ मा क्रमशः तराईमा ५०.२७ प्रतिशत (१,३३,१८,७०५ जना), पहाडमा ४३.०१ प्रतिशत (१,१३,९४,००७ जना) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७,८१,७९२ जना) थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.