|

काठमाडौं : नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहँदै आएको छ। नेपालमा हरेक वर्ष नयाँ र पुराना गरी करिब १ लाख १७ हजार बिरामी हुन्छन्। तीमध्ये ६९ हजार त नयाँ बिरामी हुन्छन्। नयाँ बिरामीमध्ये अझै पनि ३२ हजार बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको सरकारी तथ्याङ्क रहेको छ।

क्षयरोग समयमै पत्ता लगाएर चिकित्सकको निगरानीमा बसेर पूर्णरूपमा औषधि खाएर पूर्ण सन्चो हुने संक्रामक रोग हो तर नेपालमा यही रोगबाट वर्षेनि १७ हजार नेपालीले ज्यान गुमाउँछन्।​

क्षयरोग भनेको के हो ?

क्षयरोग एक सरुवा रोग हो। यसलाई टिबी रोग पनि भनिन्छ। यो सामान्यतया क्षयरोग माइक्रोब्याक्टेरियम ट्यूबरकुलोसिस नामक ब्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो। कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ। अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ।

क्षयरोगका मुख्य लक्षण

२ हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु

खकारमा रगत देखिनु,

हल्का ज्वरो आउनु

राति धेरै पसिना आउनु

मुख सुक्नु

थकान र कमजोरी महसुस हुनु

खान मन नलाग्नु,

तौल कम हुँदै जानु

क्षयरोग रोकथामका उपायहरू

सुर्तीजन्य पदार्थ सेवन नगर्ने

मानसिक तनाव कम गर्ने

सन्तुलित आहार सेवन गर्ने

मदिरा वा लागूपदार्थ सेवन नगर्ने

व्यायाम गर्ने

क्षयरोग संक्रमित व्यक्तिबाट टाढै बस्ने

२ हप्ताभन्दा बढी खोकी र ज्वरो आए वा अन्य लक्षण देखिए परीक्षण गराउने

शिशु जन्मनेबित्तिकै बी.सी.जी. खोप लगाइदिने

- स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.