|

काठमाडौं : नेपालमा विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको देखिएको छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको देखाएको हो।

राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरू (३४.४%) को पहिलो विवाह १८ देखि २० वर्षको उमेर​मा भएको छ।

दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरू २.३ प्रतिशत छन्। १० वर्षमुनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन् ।

यसै गरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरू ७ प्रतिशत छन् भने पचास वर्षको उमेर पार गरिसकेपछि पहिलो विवाह हुनेहरू ३६४६ जना रहेका छन् ।

‘समग्रमा पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष हुन आउँछ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ ।’ रिपोर्टमा उल्लेख छ।

लैङ्गिक आधारमा पहिलो विवाह गर्ने उमेरको विश्लेषण गर्दा ३२.६ प्रतिशत पुरुषको १८ देखि २० वर्षको उमेरमा र २६.८ प्रतिशतको २१ देखि २४ वर्षको उमेरमा, ३.१ प्रतिशतको १४ वर्षमुनिको उमेरमा पहिलो विवाह भएको छ ।

महिलाको हकमा ३५.९ प्रतिशतको १८ देखि २० वर्षको उमेरमा पहिलो विवाह भएको छ । करिब ३०.४ प्रतिशत महिलाको १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह भएको छ भने १० देखि १४ वर्षको उमेरमा १०.२ प्रतिशत र १० वर्षमुनिको उमेरमा ०.५ प्रतिशत महिलाको पहिलो विवाह भएको छ । ८३३ जना महिलाको ५० वर्षको उमेरपछि विवाह भएको छ ।

दश वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरूको पहिलो पल्ट विवाह गर्न पुरा भएको उमेरको आधारमा पुरुष र महिलाको पहिलो विवाह गर्दाको औसत उमेर गणना गरिन्छ ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.