|

काठमाडौं : मानव स्वास्थ्यका लागि माछा स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ। माछामा पाइने ओमेगा ३ देखि विभिन्न खनिज पदार्थ मानव स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ। 

माछामा प्रचुर मात्रामा प्रोटिन मात्र नभई यसमा धेरै यस्ता पोषक तत्त्व पनि पाइन्छ, जसले क्यान्सरजस्ता घातक रोगलाई जरादेखि नै रोक्न सक्छ। माछा खाने मानिसको कपाल लामो हुन्छ र आँखा स्वस्थ हुन्छ भन्ने मान्यता छ।

मधुमेहका रोगीका लागि माछा निकै फाइदाजनक मानिन्छ। तर धेरै अनुसन्धानका अनुसार माछासँगै दूध पिउनाले छालासम्बन्धी रोग लाग्न सक्छ । माछा र दूध सँगै सेवन गर्दा मानिसको शरीरमा सेतो दाग बन्छ, जसलाई ‘भिटिलिगो’ भनिन्छ।

भिटिलिगोमा, छालाले ‘पिगमेन्ट मेलानिन’ गुमाउँछ, जसले सेतो दाग निम्त्याउँछ। यो रोगलाई ‘ल्युकोडर्मा’ नामले पनि चिनिन्छ । यसमा छालामा मेलानिन नामक पदार्थको निर्माण रोकिन्छ। यसले मानिसहरूको छालाको रंग निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

विज्ञहरूका अनुसार माछा र दूध सँगै खाँदा फूड पोइजनिङ जस्ता गम्भीर रोग लाग्न सक्छ । त्यसैले माछा हाम्रो स्वास्थ्यका लागि फाइदाजनक भए पनि यसको साथमा दूध सेवन गर्दा गम्भीर रोग पनि लाग्न सक्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.